सिराहामा करेन्ट लागेर एक युवकको मृत्यु
बुधबार, १९ वैशाख २०८१, २१ : ४२
सिराहा । सिराहा नगरपालिका १५ सुकचैनामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । पानी तान्ने मोटरको तार विद्युतीय बोर्डमा जोड्ने क्रममा करेन्ट लागेर स्थानीय ३५ वर्षीय रञ्जितकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
करेन्ट लागेर मृत्यु भएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
जिल्ला प्रहरी कार्यालय सिराहाले घटनास्थलमा मुचुल्का तयार पारी मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिराहामा राखिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम १६ मा प्रवेशका लागि कोलम्बिया र घानाबिच प्रतिस्पर्धा सुरु
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपका लगातार ८ खेलमा गोल गर्ने एकमात्र खेलाडी बने मेस्सी
-
अर्जेन्टिनासँग हारको बाबजुद केप भर्डेले जित्यो फुटबल जगतको मन
-
केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
-
रोमेरोको गोलसँगै अर्जेन्टिनाले फेरि लियो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण