फिल्मको जानकारी दिन मोफसल यात्रामा ‘खजुरे ब्रो’
काठमाडौंँ । वैशाख २८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘खजुरे ब्रो’ युनिट अहिले मोफसल यात्रामा छ । फिल्मको प्रचार गर्ने उद्देश्यले बुधबार बिहान मोफसल यात्रामा निस्किएको टिमले बुधबार साँझ चितवनको नारायघाट र आज बिहीबार बिहान बुटवलमा पत्रकार भेटघाट गर्दै फिल्म बिभिन्न पक्षको जानकारी दिएको छ ।
मोफसल यात्रामा फिल्मका कलाकार रेअर राई, महेश त्रिपाठी, निर्माता कलाकार नवीन मानन्धर, अभिनेत्री विनिता थापा लगायत सहभागी छन् । कार्यक्रममा फिल्मको मुख्य पात्र ‘खजुरे’ को भूमिकामा देखिएका कलाकार रेअर राईले फिल्ममा खजुर पात्र सहरमा भविष्यलाई सोच्ने हैन अहिलेको वर्तमानमा कसरी जीवन जिउन सकिन्छ भन्ने कुरालाई कमेडी शैलीले प्रस्तुत गरेको बताए ।
अभिनेता महेश त्रिपाठीले फिल्मको कथा फरक भएकोले आफू फिल्मसँग जोडिएको बताए । फिल्मले दर्शकलाई केही नयाँ र भिन्न अनुभूति दिने उनको धारणा रहेको छ । कलाकार तथा निर्माता नवीन मानन्धरले फिल्ममा सहकारीको ठगीको विषय साथै हामीले सधैँ देख्दै र सुन्दै आएको घटनाहरुलाई देखाउन खोजिएको जानकारी दिए । उनले चलचित्र सफल हुने आफू विश्वस्त रहेको धारणा राखे ।
दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुन् । सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माता रहेको फिल्ममा डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेका छन् । शिशिर विशंखेको छायाङ्कन, मित्र डि गुरुङको सम्पादक र अनमोल गुरुङको संगीत रहेको फिल्मलाई रोहित रत्नको आरआर फिल्मस्ले वितरण गर्दैछ ।
फिल्ममा नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापा, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दिपचन्द्र राई, शान्तिला तामाङ लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण