क्रिस–४ मा भिलेन बन्न लागेका हुन् ऋतिक रोशन ?
नयाँ दिल्ली । बहुप्रतिक्षित फिल्म ‘कृष–४’ को चर्चा सामाजिक सञ्जालमा यतिबेला चर्किएको छ । ‘कृष’ मा बलिउड अभिनेता ऋतिक रोशनले कृषको भूमिका निर्वाह गर्दै आएका छन् ।
उनी फिल्ममा सुपरहिरोको भूमिकामा छन् । तर फिल्मको आगामी सिक्वेल ‘कृष–४’ मा भने उनी नायक नभई खलनायकको भूमिकामा देखिने भएका छन् । सुपरहिरो क्रिसको भिलेन लुक इन्टरनेटमा भाइरल भइरहेको छ ।
तर यसबारे निर्माण पक्षले अहिलेसम्म केही पनि भनेको छैन । कृष भारतको चर्चित सुपरहिरो फिल्ममा पर्दछ । भारतमा मात्रै नभएर विदेशमा यो फिल्मप्रति दर्शकको क्रेज धेरै छ ।
दर्शकहरु कृष ४ कहिले हलमा आउँला भनेर कुरिरहेका छन् । हालै फिल्म निर्माताहरूले कृष–४ बारे पछिल्लो अपडेट दिएका छन् । सञ्चारमाध्यमहरूमा छापिएका खबरका अनुसार फिल्म निर्देशक राकेश रोशन र सिद्धार्थ आनन्दले फिल्मको प्रि–प्रडक्शनको काम शुरु गरेका छन् ।
फिल्मको स्क्रिप्टमा घमाधम काम भइररहेको बताइएको छ । रचनात्मक आइडियाहरूको साथमा स्क्रिप्टमा द्रुत गतिमा काम भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
-
फेरिएको गृह मन्त्रालय : समस्या लिएर आउँछन् नागरिक, तत्कालै हुन्छ सम्बोधन
-
बागमती संसदीय समितिको सभापतिका लागि आज मनोनयन दर्ता
-
वर्षाले खेल रद्द हुँदा हैदराबाद आईपीएलको प्लेअफमा