सर्लाहीमा आगलागी हुँदा ६५ घर जले
सर्लाही । सर्लाहीको विष्णु गाउँपालिका—१ स्थित बाराउद्योरण गाउँमा भीषण आगलागी हुँदा करिब ६५ घर जलेका छन् ।
बिहीबार दिउँसो स्थानीय शत्रुघन राउतको घरमा लागेको आगोपछि ग्यास सिलिण्डर विस्फोट हुँदा गाउँका करिब ६५ घर जलेका वडाध्यक्ष विकाउ ठाकुरले जानकारी दिए ।
दिउसो १ बजेतिरबाट सुरूभएको आगो स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बारुणयन्त्र, चापाकलको पानीको सहारामा करिब चार घण्टापछि निभाइएको समेत वडाध्यक्ष ठाकुरले बताए ।
‘‘आगो निभाउन चार घण्टाभन्दा बढी समय लाग्यो । दमकल समयमै आएको भए यति धेरै क्षति हुन्थेन । केहीबेरसम्म चापाकलकै सहारामा आगो निभाउने प्रयास भए पनि बस्ती नै सखाप गरेर छोड्यो । फुसको र खपडाको छानासहितका धेरै घर भएकाले आगो चाँडै फैलियो”, उनले भने ।
स्थानीय विनय सिंहले एउटा घरमा लागेको आगो ग्यास सिलिण्डर पड्किएपछि बस्तीमा विस्तार भएको बताए ।
नगरप्रमुख जवाहरलाल यादवले बाराउद्योरण गाउँमा आगलागीपछि एक सयभन्दा बढी घरमा क्षति पुगेको बताए । उनले भर्खरै भित्र्याएको गहुँलगायत अन्नबाली, लत्ताकपडा जल्नुका साथै धेरै पशुचौपयासमेत जलेका र क्षतिको विवरण आइनसकेको बताए ।
त्यस्तै, सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीले आगलागी नियन्त्रणमा आएको र हाल क्षतिको विवरण सङ्कलनको काम भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति
-
शिक्षक सरुवा मापदण्ड : तीन वर्ष पूरा भएको शिक्षक सरुवा अनिवार्य
-
आङ सान सुकीको अवस्था अज्ञात
-
न्युजिल्याण्ड पठाउने प्रलोभनमा ९ लाख ८० हजार ठगी गर्ने भारतीय नागरिक पक्राउ
-
फिफा विश्वकप २०२६ का १२ अद्वितीय प्रतिभा
-
कानून मिच्ने 'आरके म्यानपावर'माथि वैदेशिक रोजगार विभागको डण्डा, जरिवानासहित कडा कारबाही !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण