युद्धविराम वार्ता पुनः सुरु गर्न हमासको प्रतिनिधिमण्डल कायरो जाने
शनिबार, २२ वैशाख २०८१, १२ : ५१
गाजा । हमासले गाजामा युद्धविराम वार्ता पुनः सुरु गर्न आफ्नो प्रतिनिधिमण्डल शनिबार कायरो जाने भएको छ । इजरायलले ४० दिने युद्धविराम र बन्धकहरूको रिहाइको बदलामा प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने प्रस्ताव गरेको छ।
विदेशी मध्यस्थकर्ताहरू इजरायलको प्रस्तावमा हमासको प्रतिक्रिया पर्खिरहेका छन्। अमेरिकी सञ्चारमाध्यमले इजरायलले हमासलाई प्रस्ताव स्वीकार गर्न एक साताको समय दिएको दाबी गरेको छ ।
इजरायलले यो प्रस्ताव स्वीकार नगरे गाजाको दक्षिणमा रहेको रफाह सहरमा आक्रमण गर्ने जनाएको छ । इजरायली प्रधानमन्त्री नेतन्याहुले हमासलाई हराउन रफाहमा आक्रमण गर्नु आवश्यक भएको दाबी गरेका छन् ।
तर, इजरायलले रफाहमा आक्रमण गरे लाखौं प्यालेस्टाइनीको ज्यान खतरामा पर्न सक्ने डर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण