प्रतिपक्षको काम नै समीकरण भत्काउने बन्यो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सत्ता गठबन्धन भत्कने अवस्थामा नरहेको बताएका छन् । शनिवार काठमाडौँमा माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सत्तापक्ष र प्रतिपक्षका कतिपय बाटोमा आन्तरिक अन्तर्विरोध भने गम्भीर प्रकारको रहेको उल्लेख गरेका छन् ।
बैठकमा सहभागी एक सदस्यका अनुसार प्रचण्डले भने–‘प्रतिपक्षको काम भनेको समीकरण भत्काउने परम्परा नै भइसक्यो । तत्काल अहिलेको यो समीकरण भत्काउन सक्ने स्थिति देखिँदैन । तर सत्ता पक्ष र प्रतिपक्षका कतिपय बाटोहरूमा आन्तरिक अन्तर्विरोध भने गम्भीर प्रकारको देखिन्छ ।’
अध्यक्ष प्रचण्डले संसद् बैठक सुचारु गर्नका लागि विपक्षी दलहरूसँग संवाद जारी राखेको बताएका छन् । यसको निकासका लागि छिट्टै सर्वदलीय बैठक बोलाउन लागेको जानकारी गराएका छन् । यही वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकको पूर्वसन्ध्यामा माओवादी केन्द्रले संसदीय दलको बैठक राखेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण