मैत्रीपूर्ण टी–२० प्रतियोगिता
नेपाललाई चौथो सफलता
शनिबार, २२ वैशाख २०८१, १३ : २५
काठमाडौँ । मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले चौथो सफलता हात पारेको छ । अविनाश बोहराले ३३ रन बनाएका रोस्टन चेसलाई आउट गरेका हुन् ।
खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । टोलीले १३.३ ओभरमा ४ विकेटको क्षतिमा १०४ रन बनाएको छ ।
वेस्ट इन्डिजले ३–१ ले शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो । त्यसपछि भने नेपालले लगातार तीन खेल गुमाउन पुग्यो ।
दोस्रो खेलमा १० रनले हारेको नेपालमा तेस्रो खेल ७६ रनले पराजित भयो । चौथो खेलमा घरेलु टोली २८ रनले स्तब्ध बन्न पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण