बढी भाडा लिने ट्याक्सी चालकहरू पक्राउ
शनिबार, २२ वैशाख २०८१, १७ : ०६

बुटवल । रुपन्देहीमा यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने ट्याक्सीहरूलाई चालकसहित प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भैरहवाका विभिन्न स्थानहरूबाट ट्याक्सीहरूलाई चालकसहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टका अनुसार लु १ ज २७६३, लु १ ज २७४१, लु १ ज २४९८, लु १ ज २३४३, लु १ ज ४०६१, लु १ ज ३८९५ र लु १ ज ३२६३ नम्बरका ट्याक्सी प्रहरी नियन्त्रणमा छन् । यस विषयमा थप अनुसन्धान कार्य भइरहेको डीएसपी भट्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली श्रमिकहरूका समस्या समाधानका लागि एनआरएनएसँग सहकार्य गर्न प्रतिबद्ध छौँ : मन्त्री भण्डारी
-
यातायात व्यवसायीले भोलिदेखि आन्दोलन थप सशक्त बनाउने
-
सार्वजनिक यातायात हड्तालविरूद्ध सर्वोच्चमा रिट, बुधबार पेसी
-
जसपा नेपालका अध्यक्ष यादव स्वदेश फिर्ता
-
लामो भाषण गरेर जनतालाई नथकाउन प्रचण्डको सुझाव
-
बागमती प्रदेश सभाबाट आज पनि दुई विधेयक पारित