सुदूरपश्चिम प्रदेश सभा बैठक पुनः स्थगित
कैलाली । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घबहादुर सोडरीले विश्वासको मत लिने कार्यक्रम शनिबार पनि स्थगित भएको छ । तयारी नपुगेको भन्दै अर्को अनिश्चितकालका लागि प्रदेश सभा बैठक स्थगित भएको छ ।
यसरी बैठक स्थगित भएको यो दोस्रो पटक हो । हिजो पनि पनि पाँच बजेका लागि विश्वासको मत लिने गरी प्रदेश सभाको बैठक बोलाइएको थियो । तर आवश्यक तयारी नपुगेको भन्दै आजसम्मका लागि स्थगित गरिएको थियो ।
शनिबार साढे पाँच बजेका लागि बैठक बोलाइएको थियो । तर आवश्यक तयारी नपुगेको कारण देखाउँदै अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको सुदूरपश्चिम प्रदेशको प्रदेश सभा सचिवालयका प्रवक्ता तेजप्रकाश जोशीले बताए ।
‘बझाङबाट नवनिर्वाचित प्रदेश सभा सदस्यले शपथ नलिएको, अन्य सांसदहरू पनि बाहिर भएको कारण कारण बैठक स्थगित गरिएको हो जस्तो लाग्छ,’ उनले भने ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडरी नेकपा (एस) का प्रदेश सभा सदस्य हुन् । गठबन्धनबाट उनी मुख्यमन्त्री बनेपनि एमालेले विश्वासको मत दिन आनाकानी गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी पक्षका सांसदहरू पनि उनलाई विश्वासको मत दिन सकारात्मक छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन स्थलतर्फ सवारी साधन प्रवेशमा रोक, चितवनको सुरक्षा व्यवस्था कडा (तस्बिरहरु)
-
आधुनिक समाजमा बढ्दैछ योगको महत्त्व
-
ट्युनिसियाविरुद्ध चौथो मिनेटमै जापानको अग्रता
-
ट्युनिसिया र जापानबिचको खेल सुरु, दुवै टोली पहिलो जितको खोजीमा
-
योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण