भारतीय वायु सेनाको वाहनमाथि चरमपन्थी हमला, एक सैनिकको मृत्यु
आइतबार, २३ वैशाख २०८१, ११ : २४
नयाँ दिल्ली । जम्मु–कश्मीरको पुंछमा भारतीय वायु सेनाको वाहनमाथि भएको चरमपन्थी हमलामा एक सैनिकको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । भारतीय वायु सेनाले माइक्रो ब्लगिङ वेबसाइट एक्समा घटनाबारे जानकारी दिएको हो ।
शनिबार पुंछ जिल्लामा शाहसितार नजिक सेनाको एक वाहनलाई चरमपन्थीहरुले आक्रमण गरेका थिए । समाचार एजेन्सी पीटीआईका अनुसार साँझ ६ः १५ बजेतिर सो हमला भएको थियो ।
यसक्रममा पाँच सेना घाइते भए । घाइतेहरूलाई तत्कालै अस्पताल लगिएको भए पनि गम्भीर चचोटका कारण एकको मृत्यु भएको बताइएको छ । अर्का एक सैनिकको हालत पनि गम्भीर रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण