आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रदर्शनको क्रममा पक्राउ परेका आजपाका नेता कार्यकर्ता रिहा

आइतबार, २३ वैशाख २०८१, १८ : ०९
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । प्रदर्शनका क्रममा पक्राउ परेका आम जनता पार्टी (आजपा)का  नेता कार्यकर्ता रिहा भएका छन् । भन्सार विभागको घेराउका क्रममा आइतबार दिउँसो पक्राउ परेकाहरु रिहा भएका हुन् । 
पक्राउ पर्नेमा रञ्जु साह, चन्दा साह, सञ्जय साह, मनोज यादव, आर्य पाण्डे, कनक सिंह, बिनोद साह, राजकुमार बिक, चन्द्रिका लाल साह, बरुण जैसवाल, हिरालाल साहm बलभद्र आचार्य, विजय लामा लगायत रहेकामा साँझ सबै जना छुटेका हुन् । 
भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रका जनताको निजी सम्पति लुट्ने काम भइरहेको भन्दै यसलाई रोक्नुपर्ने माग सहित आजपाले वैशाख २० देखि भन्सार घेराउको काम गर्दै आएको छ । 

आजपाका अध्यक्ष प्रभु साहले भन्सार नियमावलीमा रहेको परिच्छेद–१० को पुरस्कार सम्बन्धि सम्पूर्ण प्रावधान हटाउनुपर्ने बताए ।  कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरुपता ल्याउन भन्सार नियमावलीबाट अनावश्यक प्रावधान हटाइनुपर्ने पनि उनको भनाइ छ । 

यस्तै भन्सार महशुल नबुझाएकै कारण निजि सम्पति जफत गर्ने व्यवस्थाको सट्टा भन्सार नबुझाएमा उचित दण्डको व्यवस्था गरिनुपर्ने उनको भनाइ छ । 

 यस्तै प्रत्येक व्यापारिक नाकाहरुमा भन्सार कार्यालय स्थापना तथा स्तरवृद्धि गर्ने, घरायसी प्रयोजन र व्यापारिक प्रयोजनका वस्तुहरुको पहिचानको स्पष्ट व्यवस्था गरी घरायसी प्रयोजनको लागि ल्याइने उपयोग्य वस्तुहरुमा कुनै भन्सार कर नलाग्ने व्यवस्था गर्नुपर्नेलगायतको माग आजपाको छ । 

यस्तै भन्सारबाट उठेको राजस्व रकमको २५ प्रतिशत सम्बन्धित प्रदेशलाई र २५ प्रतिशत सीमासँग जोडिएका पालिकाहरुलाई दिने व्यवस्था गर्नुपर्ने पनि आजपाको माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप