फरेस्टलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगमा
सोमबार, १२ जेठ २०८२, ०६ : ०९
सारांश
- चेल्सीले नटिङ्घम फरेस्टलाई १-० गोलले हराउँदै च्याम्पियन्स लिगमा स्थान पक्का गर्यो।
- हारका बाबजुद नटिङ्घम फरेस्टले कन्फरेन्स लिगमा स्थान सुरक्षित गर्यो।
- लेवी कोलविलको गोल निर्णायक बन्यो, जसले चेल्सीलाई प्रिमियर लिगको चौथो स्थान दिलायो।
लण्डन । लेवी कोलविलको एकमात्र गोलको मद्दतले नटिङ्घम फरेस्टविरुद्ध तनावपूर्ण जित हात पार्दै चेल्सीले च्याम्पियन्स लिगको स्थान सुनिश्चित गरेको छ। हार बेहोरे पनि फरेस्टले कन्फरेन्स लिगका लागि स्थान सुरक्षित गरेको हो।
डिफेन्डर कोलविलको दोस्रो हाफको गोलले एन्जो मारेस्काको टिमलाई प्रिमियर लिगको चौथो स्थानमा पुर्यायो । यसले फरेस्टको युरोपको शीर्ष प्रतियोगिता (च्याम्पियन्स लिग) मा फर्किने सपना चकनाचुर बनायो।
यो जितले पोल्याण्डमा रियल बेटिसविरुद्ध बुधबार हुने कन्फरेन्स लिग फाइनलका लागि चेल्सीलाई उत्तम आधार दिएको छ।
नटिङ्घम फरेस्टका लागि भने निराशा रह्यो। गत सिजनको अन्तिम दिनमा लिगमा टिकेको फरेस्ट यसपटक शीर्ष पाँचमा स्थान बनाउन चुके पनि सातौँ स्थानमा रहनुलाई उनीहरूको सिजन सफल नै मानिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण