फरेस्टलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगमा
सोमबार, १२ जेठ २०८२, ०६ : ०९

समाचार सारांश
- चेल्सीले नटिङ्घम फरेस्टलाई १-० गोलले हराउँदै च्याम्पियन्स लिगमा स्थान पक्का गर्यो।
- हारका बाबजुद नटिङ्घम फरेस्टले कन्फरेन्स लिगमा स्थान सुरक्षित गर्यो।
- लेवी कोलविलको गोल निर्णायक बन्यो, जसले चेल्सीलाई प्रिमियर लिगको चौथो स्थान दिलायो।
लण्डन । लेवी कोलविलको एकमात्र गोलको मद्दतले नटिङ्घम फरेस्टविरुद्ध तनावपूर्ण जित हात पार्दै चेल्सीले च्याम्पियन्स लिगको स्थान सुनिश्चित गरेको छ। हार बेहोरे पनि फरेस्टले कन्फरेन्स लिगका लागि स्थान सुरक्षित गरेको हो।
डिफेन्डर कोलविलको दोस्रो हाफको गोलले एन्जो मारेस्काको टिमलाई प्रिमियर लिगको चौथो स्थानमा पुर्यायो । यसले फरेस्टको युरोपको शीर्ष प्रतियोगिता (च्याम्पियन्स लिग) मा फर्किने सपना चकनाचुर बनायो।
यो जितले पोल्याण्डमा रियल बेटिसविरुद्ध बुधबार हुने कन्फरेन्स लिग फाइनलका लागि चेल्सीलाई उत्तम आधार दिएको छ।
नटिङ्घम फरेस्टका लागि भने निराशा रह्यो। गत सिजनको अन्तिम दिनमा लिगमा टिकेको फरेस्ट यसपटक शीर्ष पाँचमा स्थान बनाउन चुके पनि सातौँ स्थानमा रहनुलाई उनीहरूको सिजन सफल नै मानिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलको ‘अरेन्ज’ र ‘पर्पल’ क्यापमा गुजरातका खेलाडीको दबदबा
-
भारतलाई राति भारु ४ मा विद्युत् विक्री गरिरहेका छौँ : हितेन्द्रदेव शाक्य
-
राजावादीको आन्दोलन निष्क्रिय पार्ने रणनीति बनाउन एमाले जनसंगठनको बैठक च्यासलमा
-
एकअर्कालाई हराउँदै ‘लिग लिडर’ बन्ने धुनमा पञ्जाब र मुम्बई
-
ट्रम्पले पुटिनलाई भने पागल
-
मापसे चेक गर्दा स्कर्पियोमा भेटियो १५ लाखको गहना