आईपीएल इतिहासमा कोलकाताको सबैभन्दा ठुलो हार
सारांश
- सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई ११० रनले पराजित गर्यो, जुन आईपीएल इतिहासमा कोलकाताको सबैभन्दा ठूलो हार हो।
- हैदराबादले प्रस्तुत गरेको २७९ रनको लक्ष्य पछ्याउँदै कोलकाता १६८ रनमा सीमित भयो, मनीष पाण्डेले सर्वाधिक ३७ रन बनाए।
- हेनरिच क्लासनको शतक र अभिषेक शर्मा र ट्राभिस हेडको उत्कृष्ट प्रदर्शनले हैदराबादले २७८ रन बनायो, जुन आईपीएलको तेस्रो ठूलो स्कोर हो।
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) को ६८ औँ खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई ११० रनले पराजित गरेको छ। यो प्रतियोगिताको इतिहासमा कोलकाताको सबैभन्दा ठुलो हार हो।
दिल्लीको अरुण जेटली रंगशालामा भएको यो जितसँगै हैदराबादले आफ्नो सिजन छैटौँ स्थानमा समाप्त गर्यो । जबकि डिफेन्डिङ च्याम्पियन कोलकाता आठौँ स्थानमा रह्यो।
हैदराबादले प्रस्ततु गरेको २ सय ७९ को लक्ष्य पछ्याएको कोलकाताले १८.४ औभरमा सबै विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो । टोलीका मनिष पाण्डेले सर्विधक ३७ रनको योगदान दिए । त्यस्तै हर्षित रानाले ३४ तथा सुनिल नरेनले ३१ रन रन जोडे । अन्य खेलाडीले ठुलो स्कोर बनाउन सकेनन् ।
कोलकातालाई सस्तोमा समेट्न जयदेव उनादकट, इसान मलिगा र हर्ष दुबेले ३-३ विकेट लिए ।
आइतबार, हैदराबादले टस जितेर ब्याटिङ रोज्यो। हेनरिच क्लासनको शानदार शतकको मद्दतले सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सविरुद्ध रनको वर्षा गर्यो । हैदराबादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ७८ रन बनाएको थियो ।
आईपीएलको इतिहासमा कुनै पनि टोलीले बनाएको यो तेस्रो ठुलो स्कोर पनि रहेको छ । आईपीएलमा शीर्ष चार उच्च स्कोर हैदराबादकै नाममा रहेको छ । क्लासनले तीव्र गतिमा रन बनाउँदै मात्र ३९ बलमा १ सय ५ रन बनाए । उनले ७ चौका र ९ छक्का प्रहार गरे ।
यसअघि, अभिषेक शर्मा र ट्राभिस हेडले टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । दुवैले मात्र ६.५ ओभरमा ९२ रनको साझेदारी गरे । शर्माले १६ बलमा ४ चौका र २ छक्काको मद्दतले ३२ रन जोड्दै सुनिल नरेनको बलमा आउट भए ।
हेडले त्यसपछि क्लासेनसँग ३५ बलमा ८३ रनको साझेदारी गरे । उनले ४० बलमा ७६ रन बनाए । यस क्रममा उनले ६ चौका र ६ छक्का प्रहार गरे । अनिकेत वर्माले ६ बलमा १२ रन जोडे । कोलकाताका लागि सुनिल नरेनले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । वैभव अरोराले १ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण