कुहिएको चामल, काठको धुलो र एसिडबाट मसला बनाइरहेको ठाउँमा प्रहरीको छापा
नयाँ दिल्ली । भारतीय मसला कम्पनी एभरेस्ट र एमडीएचको मसलामा विषाक्त तत्त्व पाइएको मामिलामा सिंगापुर, मालदिभ्स समेत कयौँ देशहरूले ती दुई कम्पनीको मसलाको प्रयोगमा बन्देज लगाएका छन् । अमेरिका, अस्ट्रेलियालगायत केही देशले भारतीय ब्रान्डका केही मसलाहरूमाथि कडाइ गरिरहेका छन् ।
यी घटनाहरू सेलाउन नपाउँदै भारतमा नक्कली मसला बनाउने कारखानामा प्रहरीले छापा मारेको छ । दिल्ली प्रहरीको अपराध शाखाले महानगरभित्रै नक्कली मसला बनाउने दुई ओटा कारखानामा छापा मारेको छ । कारखानामा कुहिएको चामल, काठको धुलो र केमिकल मिसाएर मसला उत्पादन भइरहेको थियो । दुवै कारखाना दिल्लीको कारवल नगरमा रहेको बताइएको छ । यस मामिलामा प्रहरीले तीन जनालाई पक्राउ पनि गरेको छ ।
प्रहरीले करावल नगरबाट १५ टन बराबरको नक्कली मसला र कच्चा पदार्थ बरामद गरेको बताइएको छ । ती कारखानामा बनेका मसलाहरू दिल्ली–एनसीआर, उत्तर प्रदेशसमेत कयौँ राज्यमा विक्री वितरण भइरहेको थियो । प्रहरीको सूचनापछि खाद्य सुरक्षा विभागले मसलाको नमुना लिएको छ । प्रहरी छानबिनको क्रममा कारखानामा कुहिएको चामल, बजारा, नरिवल, जामुन, काठको धुलो, केमिकल र रुखको बोक्राबाट मसला तयार पार्ने गरिएको खुलासा भएको छ ।
प्रहरीले घटनास्थलबाट १ हजार ५० किलो कुहिएको चामल, २०० किलो कुहिएको बजराको पिठो, ६ किलो कुहिएको नरिवल, ७२० किलो कुहिएको धनियाँ, ५०० किलो कुहिएको बेसार फेला पारेको छ ।
७० किलो यूकलिप्टसको पात, २४ किलो साइट्रिक एसिड, ४०० किलो काठको धुलो, गाइवस्तुलाई खुवाइने चोकर २ हजार १५० किलो, ४४० किलो बिग्रिएको खुर्सानी, १५० किलो खुर्सानीको डाँठ र ५ किलो केमिकल भएको रङ्ग पनि भेटिएको थियो । यी सबै सामान मिलाएर सो कारखानामा नक्कली मसला बनिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण