आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आईपीएलमा सूर्यकुमारको दोस्रो शतक, बने यी रेकर्ड

मङ्गलबार, २५ वैशाख २०८१, १२ : ०७
मङ्गलबार, २५ वैशाख २०८१

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबदालाई ७ विकेटले पराजित गर्‍यो । वानखेडे रंगशालामा मुम्बईले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । 

हैदराबादले पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७३ रन बनायो । मुम्बईले १७.२ ओभरमा मात्र ३ विकेटको क्षतिमा लक्ष्य पछ्याउन सफल भयो ।

खेलमा सूर्यकुमार यादवले शतकीय इनिङ्स खेले । आईपीएलमा उनको यो दोस्रो शतक थियो । उनले तिलक वर्मासँग चौथो विकेटका लागि १ सय ४३ रनको साझेदारी पनि गरे ।

१. रोहितको बराबरी

आईपीएलमा सूर्यकुमार मुम्बईबाटै दोस्रो शतक बनाउन सफल भए । मुम्बईका लागि सबैभन्दा धेरै शतक बनाउने रेकर्डमा उनले रोहित शर्माको बराबरी गरेका छन् । दुवै खेलाडीले मुम्बईका लागि २–२ शतक बनाएका छन् । यसअघि यो सिजनमा रोहितले चेन्नईविरुद्ध शतक बनाएका थिए ।

२. भारतका लागि सबैभन्दा धेरै शतक बनाउने तेस्रो खेलाडी

सोमबारको खेलमा शतक बनाएसँगै टी–२० क्रिकेटमा सूर्यकुमारको शतकको सङ्ख्या ६ पुगेको छ । यसअघि टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले भारतका लागि ४ शतक बनाइसकेका छन् । भारतका लागि टी–२० खेलहरूमा सबैभन्दा धेरै शतक बनाउने खेलाडीको सूचीमा उनी तेस्रो स्थानमा छन् । उनीसँगै ऋतुराज गायकवाड र केएल राहुलले पनि ६–६ वटा शतक बनाएका छन् । उनीभन्दा अघि रोहित शर्माले ८ तथा विराट कोहलीले ९ वटा शतक बनाएका छन् ।

surya tilak

३. मुम्बईका लागि चौथो विकेटमा सबैभन्दा ठुलो साझेदारी

खेलमा सूर्यकुमार र तिलक वर्माले मुम्बईका लागि चौथो विकेटमा सबैभन्दा ठुलो साझेदारी गरे । दुई खेलाडी मिलेर १ सय ४३ रन बनाए । यसअघि सन् २०१५ मा कोरी एन्डरसन र रोहित शर्माले कोलकाता नाइट राइडर्सविरुद्ध चौथो विकेटका लागि १ सय ३१ रनको साझेदारी गरेका थिए ।

४. रन पछ्याउँदा दोस्रो ठुलो साझेदारी

आईपीएलमा रन पछ्याउने क्रममा चौथो विकेटका लागि यो दोस्रो ठुलो साझेदारी पनि थियो । दुई खेलाडी यो रेकर्ड तोड्नबाट मात्र दुई रनले चुके । यस सूचीको शीर्ष स्थानमा गुरकिरत सिंह र शिमरोन हेटमायर रहेका छन् । उनीहरुले सन् २०१९ मा रोयल च्यालेन्जर्स बैंग्लुरुका लागि सनराइजर्स हैदाराबादविरुद्ध १ सय ४४ रन बनाएका थिए ।

५. ईशान सबैभन्दा सफल विकेटकिपर

ईशान किशन मुम्बईका लागि सबैभन्दा सफल विकेटकिपर बनेका छन् । उनले हालसम्म ४८ वटा खेलाडीलाई आफ्नो शिकार बनाइसकेका छन् । यसमा ४३ क्याच र ५ वटा स्टम्पिङ रहेका छन् । उनले ४७ वटा डिस्मिसल गरेका क्वीनटन डी ककलाई पछि पारे ।

pat-ishan

६. नवौँ वा सोभन्दा तल्लो विकेटका लागि कमिन्सको दोस्रो ठुलो स्कोर

नवौँ विकेटमा ब्याटिङ गर्दै प्याट कमिन्सले दोस्रो ठुलो स्कोर स्कोर उनले बनाए । उनले ३५ रन बनाउँदै कुलदीप यावले बनाएको स्कोर बराबरी गरे । यस सूचीको शीर्ष स्थानमा हरभजन सिंह रहेका छन् । उनले ४९ रन बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप