रुसी सेनामा ६ सय २० जना नेपाली : ३९ जनाको मृत्यु, २७२ जना सम्पर्कविहीन
काठमाडौँ । रुसी सेनामा कार्यरत नेपालीको स्थिति सार्वजनिक गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन, सेनामा रहेकाको करार रद्द गर्न माग गर्दै अनशन बस्दै आइरहेका परिवारजनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्ना मागहरू बुझाएका छन् ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर आफ्ना १३ बुँदे माग प्रधानमन्त्री दाहालसमक्ष बुझाएका हुन् । दुई साताअघिदेखि १३ बुँदे माग राख्दै जारी राख्दै आएका उनीहरूले प्रधानमन्त्रीलाई नै भेटेर मागपत्र बुझाएका हुन् । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीको अगुवाइमा माग पत्र बुझाइएको हो ।
भण्डारीको नेतृत्वमा परिवारले कहिले सिंहदरबार घेराउ त कहिले रुसी दूतावासअगाडि प्रदर्शन गर्दै आएका छन् । उनीहरूको माग कतैबाट सम्बोधन नभएको उनीहरूको गुनासो छ ।
हालसम्म रुसमा कार्यरत रहेकामध्ये अनशनकारीहरूसँग ६ सय २० भन्दा धेरै व्यक्तिको विवरण छ । जसमध्ये ३९ जना मृतक, १८ जना मृत्यु भएको भनिएका, तर पुष्टि हुन बाँकी, पाँच जना युक्रेनको कब्जामा, ११७ जना घाइते तथा २७२ जना सम्पर्कविहीन छन् ।
रुसी सेनामा करार सम्झौता रद्द गरेका नौजना, रुसी राहदानीका लागि आवेदन दिएका ११ जना, रुसी राहदानी नलिने कागजातमा हस्ताक्षर गरेका १९ जना र बाँकी व्यक्ति सम्पर्कमा छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरूसँग मंगलबार भेटेर उनीहरूको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै अभियानको नेतृत्वले धर्ना रोक्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण