आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेप्से सूचकमा २ अंकको वृद्धि, कति भयो कारोबार ?

मङ्गलबार, २५ वैशाख २०८१, १५ : ४५
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा २ अंकको वृद्धि भएको छ । अघिल्लो दिन १५ अंकमाथिले घटेको नेप्से सूचक मंगलबार २.०६ अंकले बढ्दै १९६०.८१ अंकमा उक्लिएको हो । 

२ अंकले नेप्से सूचक वृद्धि भएको बजारमा मंगलबार कारोबार समेत सावाँ २ अर्ब रुपैयाँ बराबरको भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार दोस्रो बजारमा २ अर्ब १४ करोड ५ लाख रुपैयाँ बराबरको ५० लाख ६४ हजार कित्ता सेयर किनबेच भएको छ । 

सबैभन्दा बढी पोखरा फाइनान्स लिमिटेडको ८ करोड ३२ लाख २३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने आरएसडीसी लघुवित्त वित्तीय संस्थाको ६ करोड ५७ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ । 

मंगलबार डेभलपमेन्ट बैंक समूह, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र अन्य समूहको उपसूचक वृद्धि हुँदा बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, नन्लाइफ इन्स्योरेन्स, म्यानु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् । 

मंगलबार हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने बोटलर्स नेपाल (तराई) लिमिटेडको सेयर मूल्य ६.२३ प्रतिशतले घट्न पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप