नेप्से सूचकमा २ अंकको वृद्धि, कति भयो कारोबार ?
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा २ अंकको वृद्धि भएको छ । अघिल्लो दिन १५ अंकमाथिले घटेको नेप्से सूचक मंगलबार २.०६ अंकले बढ्दै १९६०.८१ अंकमा उक्लिएको हो ।
२ अंकले नेप्से सूचक वृद्धि भएको बजारमा मंगलबार कारोबार समेत सावाँ २ अर्ब रुपैयाँ बराबरको भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार दोस्रो बजारमा २ अर्ब १४ करोड ५ लाख रुपैयाँ बराबरको ५० लाख ६४ हजार कित्ता सेयर किनबेच भएको छ ।
सबैभन्दा बढी पोखरा फाइनान्स लिमिटेडको ८ करोड ३२ लाख २३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने आरएसडीसी लघुवित्त वित्तीय संस्थाको ६ करोड ५७ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
मंगलबार डेभलपमेन्ट बैंक समूह, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र अन्य समूहको उपसूचक वृद्धि हुँदा बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, नन्लाइफ इन्स्योरेन्स, म्यानु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् ।
मंगलबार हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने बोटलर्स नेपाल (तराई) लिमिटेडको सेयर मूल्य ६.२३ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण