आलिया दोस्रो पटक डिपफेकको शिकार
मुम्बई । आलिया भट्टको नयाँ डिपफेक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस भिडियोमा एआई प्रयोग गरेर अभिनेत्री वामिका गब्बीको भिडियोमा आलियाको अनुहार फिट गरिएको छ ।
वामिकाले यो भिडियो केही दिन अघि आफ्नो इन्स्टाग्राम ह्यान्डलमा सेयर गरेकी थिइन् । यो भिडियोमा उनी रातो साडी लगाएकी देखिएकी छिन् । वास्तवमा यो लुकमा उनी सञ्जय लीला भन्सालीको फिल्म ‘हिरामाण्डी’ को स्क्रिनिङमा पुगेकी थिइन् ।
कसैले यो भिडियोसँग छेडछाड गरेर यसमा आलियाको अनुहार लगाएर भाइरल बनाएको छ । आलियाको नक्कली भिडियो बाहिर आएसँगै एआई प्रविधिको फेरि आलोचना भइरहेको छ । यसअघि पनि आलिया भट्टको एउटा डिपफेक भिडियो सार्वजनिक भएको थियो । उक्त डिपफेक भिडियोमा सेतो र नीलो फ्लोरल ड्रेस लगाएकी उनले बोल्ड पोज दिएको देखिएकी थिइन् ।
भिडियोमा एआई टुलको सहयोगमा आलियाको अनुहार यति स्पष्ट प्रयोग गरिएको थियो कि एक नजरमा ती केटीलाई सबैले आलिया भट्ट नै ठाने । तर, उनको हाउभाउबाट यो भिडियो नक्कली हो भन्ने अनुमान गरिएको थियो । यसअघि बलिउड अभिनेत्रीद्वय काजोल र रश्मिका मन्दाना पनि डिपफेकको शिकार बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण