बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
सारांश
- पूर्वमन्त्री जनार्दन शर्माले बीपी कोइराला र पुष्पलाल श्रेष्ठका विचार तथा आदर्श आजको राजनीतिक सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्।
- शर्माका अनुसार, विचार र दर्शन फरक भए पनि दुवै नेताको साझा लक्ष्य प्रजातन्त्र, जनताको अधिकार र मुलुकको समृद्धि थियो।
- उनले अहिलेको राजनीतिमा निष्ठा, सिद्धान्त र जनसेवाको भावना ओझेल पर्दै गएको अवस्थामा बीपी र पुष्पलालका विचार र आदर्शबाट प्रेरणा लिन आवश्यक रहेको बताए।
काठमाडौँ। प्रलोपाका संरक्षक एवं पूर्वमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठका विचार तथा आदर्श आजको राजनीतिक सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्।
बीपी कोइराला र पुष्पलाल श्रेष्ठको स्मृति दिवसका सन्दर्भमा मंगलबार सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै उनले विचार र दर्शन फरक भए पनि दुवै नेताको साझा लक्ष्य प्रजातन्त्र, जनताको अधिकार र मुलुकको समृद्धि रहेको उल्लेख गरेका छन्।
शर्माले अहिलेको राजनीतिमा निष्ठा, सिद्धान्त र जनसेवाको भावना ओझेल पर्दै गएको अवस्थामा बीपी र पुष्पलालका विचार र आदर्शबाट प्रेरणा लिन आवश्यक रहेको बताएका छन्।
उनले नेपाली राजनीतिक इतिहासका दुई महत्त्वपूर्ण व्यक्तित्वप्रति उच्च सम्मान व्यक्त गर्दै स्मृति दिवसका अवसरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण