बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने

बुधबार, ०६ साउन २०८३, १४ : ४४
बुधबार, ०६ साउन २०८३

सारांश

  • त्रिभुवन विश्वविद्यालय (त्रिवि) दिवसको अवसरमा भोलि (बिहीबार) त्रिवि शिक्षण अस्पतालको आधा दिन मात्र सेवा सञ्चालन हुनेछ।
  • अस्पताल प्रशासन प्रमुख भोजराज भट्टका अनुसार बिहीबार दिउँसोको सेवा आकस्मिक सेवा बाहेक बन्द रहनेछ।
  • बिरामीहरूको सुविधाका लागि अस्पतालको विस्तारित स्वास्थ्य सेवा दिउँसो एक बजेदेखि नियमित रूपमा सञ्चालन हुनेछ।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) दिवसको अवसरमा भोलि (बिहीबार) त्रिवि शिक्षण अस्पतालको बिहानी सत्र (आधा दिन) मात्र सेवा सञ्चालन हुने भएको छ । अस्पताल प्रशासन प्रमुख भोजराज भट्टले बिहीबार  स्पतालमा दिउँसोको सेवा बन्द हुने जानकारी दिएका हुन् ।

उनले जारी गरेको सूचना अनुसार भोली इमर्जेन्सी (आकस्मिक) सेवा बाहेक दिवा सत्रका सम्पूर्ण नियमित सेवाहरू बन्द रहनेछन् । 

यद्यपि, बिरामीहरूको सुविधालाई ध्यानमा राख्दै अस्पतालको विस्तारित स्वास्थ्य सेवा भने दिउँसो एक बजेदेखि नियमित रूपमा सञ्चालन हुने अस्पतालले जनाएको छ । 

Capture1

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप