राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
बुधबार, ०६ साउन २०८३, १४ : ३४
सारांश
- नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य जीतजंग बस्नेतले पार्टीभित्रको विवाद समाधानका लागि राष्ट्रिय भेला बोलाउनुपर्ने बताएका छन् ।
- उनले राष्ट्रिय भेलाले पार्टीमै बस्ने वा नयाँ पार्टी खोल्ने जे निर्णय गरे पनि त्यसलाई स्वीकार्नुपर्ने बताए ।
- बस्नेतले पार्टीमा एकता सम्मानमा हुने र अपमान सहेर नहुने धारणा राखे ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य जीतजंग बस्नेतले पार्टीभित्रको विवादमा कसरी अगाडि बढ्ने भनेर राष्ट्रिय भेला बोलाउनु पर्ने बताएका छन् । वीपीको ४४औँ स्मृति दिवसको अवसरमा प्रज्ञा प्रतिष्ठानमा बुधबार आयोजित कार्यक्रममा नेता बस्नेतले आजै राष्ट्रिय भेलाको घोषणा गर्न नेताहरूलाई आग्रह गरे ।
भेलाले यही पार्टीमा बस्ने निर्णय गरे यही पार्टीमा बस्ने र अर्को पार्टी बनाउने निर्णय गरे अर्को पार्टी बनाउन माग गरे अर्को पार्टी बनाउने बताए ।
‘म नेताहरूलाई आग्रह गर्छु, दरिलो खुट्टा बनाएर आज राष्ट्रिय भेलाको घोषणा गर्नुस् । त्यो भेलाले जे निर्णय गर्छ त्यही अनुसार अगाडि बढौँ,’ बस्नेतले भने । उनले पार्टीमा एकता सम्मानमा हुने, अपमान सहेर नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण