पारदर्शिता र सुशासन एक अर्काका पूरक हुन् : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शिता र सुशासन एक अर्काका पूरक रहेको बताएका छन् । बिहीबार काठमाडौँमा नेपाल चार्टड एकाउन्टेन्ट सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।
उनले लेखा व्यवसायीहरूको सक्रियताको कारण मुलुकमा हुने आर्थिक क्रियाकलापहरूमा पारदर्शिता कायम गर्न योगदान पुगेको बताए । उनले कुनै देशले सहयोग गर्दा हेर्ने भनेको त्यो देशको खर्च र हिसाब प्रणालीको पारदर्शिता नै रहेको बताए । राष्ट्रपति पौडेलले देशको आर्थिक विकास र राजश्व परिचालनमा विश्वसनीय वातावरणको अभिवृद्धि यसैबाट हुन्छ ।
विकास निर्माणको ठुला खर्चमा प्रयोग हुनसक्ने फर्जी बिल र राजश्व छलीको नियन्त्रण लेखा परीक्षणबाटै सम्भव हुने बताए । उनले कुनै पनि क्षेत्रमा हुनसक्ने सानादेखि ठुला आर्थिक चुहावट तथा हिनामिना हुनबाट रोक्न यसले मद्दत गर्ने विश्वास व्यक्त गरे । उनले सहीलाई सही र गलतलाई गलत भनी स्पष्ट हिसाब हुन नसक्ने हो भने सानादेखि ठुला आर्थिक कारोबारमा भएका गलत गतिविधि नियन्त्रण गर्ने विषय सहज नहुने बताए ।
पौडेलले हरबखत चनाखो रहेर हिसाब मिलान गर्नु र गराउनु नै लेखा परीक्षणको धर्म रहेको र आफ्नो कर्ममा धर्म नबिर्सिनु नै न्याय भएकाले न्यायोचित ढङ्गबाट कर्म सम्पादन गरिरहेका लेखा परीक्षकहरू राष्ट्रका आर्थिक पहरेदार भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस संसदीय दलको बैठकका कारण कार्यव्यवस्था परामर्श समितिको बैठक प्रभावित
-
बेलायतमा गोर्खा कपको तयारी पूरा, ५० टिमबिच प्रतिस्पर्धा
-
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त
-
राष्ट्रपति रईसी र विदेशमन्त्रीको निधन : इरानी सञ्चारमाध्यम
-
रास्वपा संसदीय दलको बैठक संसद भवनमा
-
एमाले बाँकेको अध्यक्षमा गुरुङ विजयी