सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई भेटेपछि एकीकृत समाजवादीले भन्यो, ‘अर्को सरकार बन्ने निश्चित नभएसम्म यसैलाई निरन्तरता’

बिहीबार, २७ वैशाख २०८१, १९ : ३०
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अर्को सरकार बन्ने निश्चित नभएसम्म यही सरकारलाई निरन्तरता दिने पक्षमा पार्टी रहेको बताएका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।

पाण्डेले सरकार छोड्ने वा रहने बारेमा सञ्चारकर्मीहरूले गरेको प्रश्नको जवाफमा छानाबाट अर्को घरमा हाम फाल्दा अर्को छानामा पुग्ने भएपछि मात्रै हाम फाल्ने प्रतिक्रिया दिए । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू आज प्रधानमन्त्री दाहाललाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटघाट गर्नका लागि पुगेका थिए ।

चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा प्रधानमन्त्री दाहालले बजेट निर्माणमा सांसदहरूलाई सहभागी गराउने प्रतिबद्धता जनाएको तर आगामी आर्थिक वर्षको बजेट आउन लागिसके पनि त्यसमा चासो नदिएकाले प्रधानमन्त्रीलाई स्मरण गराउन आफूहरू सिंहदरबार आएको उपाध्यक्ष पाण्डेले जानकारी दिए ।

उनले भने, ‘हामीले गत वर्ष अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट जुन पेस गर्नुभएको थियो, बजेटका सन्दर्भमा अत्यन्त अनुपयुक्त रह्यो, बजेट निर्माणमा सांसदहरूलाई छलफल गराइएन, सांसदहरूको भूमिका भएन, सांसदको टाउको गनेर बजेट पास हुने अनि सांसदलाई बजेट निर्माणमा सहभागी नगराउने कुरा हुन सक्दैन भनेर हामीले बोलेका थियौँ । हामीले राखेकै कुरा सम्बोधन गरेर प्रधानमन्त्रीले आउँदो वर्षमा यो कुरामा परिवर्तन गर्छु भन्नुभएको थियो । बजेट आउने बेला भइसक्यो, जेठ १५ मा बजेट घोषणा हुन्छ, बजेट बन्न पनि थालिसक्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप