सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न क्षेत्रमा सहयोग

बिहीबार, २७ वैशाख २०८१, १९ : ४२
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी, युवा क्लब, विद्यालय, नगरपालिका तथा रोटरी क्लबलाई विभिन्न सहयोगका कार्यक्रमहरू सम्पन्न भएका छन् । 

बैंकको बेलौरी शाखाद्वारा इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरलाई लागु औषध सम्बन्धी जनचेतनामूलक बोर्डहरू हस्तान्तरण गरिएको छ । बैैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सुनिल कुमार नेपालले इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरका कार्यालय प्रमुख गौरी प्रसाद जैशीलाई उक्त बोर्डहरू हस्तान्तरण गरेका थिए ।

त्यस्तै बैंकको कोटेश्वर शाखाद्वारा काठमाडौँ महानगरपालिका –३२, कोटेश्वर समाज सुधार युवा क्लबलाई खानेपानीको ट्याङ्की हस्तान्तरण गरिएको छ । क्लब भवनमा खानेपानीको धारा जोडिएको तर पानी जम्मा गर्ने ट्याङ्कीको आवश्यकता भएको हुँदा बैंकले उक्त सहयोग गरेको हो । कोटेश्वर शाखाका प्रमुख उत्सव मकाजूले युवा क्लबका अध्यक्ष सुवास कुमार रिमाललाई उक्त ट्याङ्की हस्तान्तरण गरे ।

त्यस्तै इटहरी शाखाद्वारा इटहरी उपमहानगरपालिका –२०, तरहरा सुनसरीमा अवस्थित श्री बाल बहुभाषिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि स्कुल ब्याग, कापी तथा अन्य आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । बैैंकको कोशी प्रदेश प्रमुख दीपक कुमार गुप्ताले विद्यार्थीहरूलाई उक्त सामाग्रीहरू हस्तान्तरण गरेका थिए ।

त्यसैगरी बैंकको शिशुवा शाखाद्वारा पोखरा म.न.पा. ३० स्थित शिशुवा वजार क्षेत्रलाई समेट्ने गरी सीसी क्यामेरा जडान गरिएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत ध्रुवराज तिवारीले पोखरा म.न.पा. वडा नं. ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीलाई सिसि क्यामेरा हस्तान्तरण गरेका थिए । यता बैकको हेटौँडा शाखाद्वारा रोटरी क्लब अफ हेटौँडालाई डस्टबिन हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप