वानीरा फाउन्डेसनद्वारा विभिन्न व्यक्ति पुरस्कृत
काठमाडौँ । साहित्यकार वानीरा गिरीको नाममा स्थापित वानीरा फाउन्डेसनले विभिन्न व्यक्तिलाई पुरस्कृत गरेको छ । शुक्रबार यहाँ आयोजित एक कार्यक्रमकाबिच वानीरा प्रज्ञा पुरस्कार, २०८० प्राध्यापक पुष्कर लोहनीलाई प्रदान गरियो ।
सात दशकदेखि साहित्य सिर्जनारत लोहनीलाई कविता, कथा, उपन्यास र समालोचनाको समृद्धिमा उल्लेख्य योगदान पुर्याएबापत पुरस्कार प्रदान गरिएको फाउन्डेसनका संस्थापक तथा संरक्षक शङ्कर गिरीले जानकारी दिए ।
यस्तै, नेपाली रङ्गमञ्च तथा चलचित्रकलामा विगत छ दशकदेखि क्रियाशील रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेवापत मदनदास श्रेष्ठलाई ‘वानीरा शङ्कर पुरस्कार’ प्रदान गरिएको छ । यी दुबै पुरस्कारको राशि रु एक÷एक लाख रहेको छ ।
त्यसैगरी कथा र कविताका माध्यमबाट नेपाली साहित्यको संवद्र्धनमा योगदान गरेको भन्दै श्रीमती अनिता तुलाधरलाई रु ५० हजार राशिको ‘वानीरा पुरस्कार’ प्रदान गरिएको छ ।
यसअघि वानीरा सङ्ग्रहालयमा अवस्थित डा गिरीको पूर्णकदको सालिकमा प्रा पुष्कर लोहनीबाट माल्यार्पण गरिएको थियो । डा गिरीको विसं २०७८ जेठ ९ गते कोरानाका कारण निधन भएको थियो ।
श्रीमती इन्दिरा प्रसाईंको सभापतित्वमा भएको सो समारोहमा प्रा लोहनी, मदनदास श्रेष्ठ, अनिता तुलाधर तथा वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर गिरी, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसार्इंले साहित्यकार स्व गिरीको कृतित्व तथा व्यक्तित्वमाथि चर्चा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण