पूर्वाधार विकासमा धेरै ठुला सफलता प्राप्त भैसकेका छन् : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा पूर्वाधार विकासको क्षेत्रमा धेरै प्रगति भएको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले देशमा सडक, रेल स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकासले गति लिएको बताएका हुन् । तर उनले शिक्षा, स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा अस्थिर राजनीतिका कारण बाधा पुगेको उल्लेख गरे ।
‘हामीले खासगरी कनेक्टिभिटीका क्षेत्रमा रेलवे,हवाईजहाज, सडक र विद्युत् विस्तार ,सञ्चार सुविधाको विस्तार जस्ता विकासका पूर्वाधारको क्षेत्रमा निकै ठुलो प्रगति हासिल गरेका छौँ,’ ओलीले भने । उनले नेपाल पहिले जस्तो दुर्गम नभएको भन्दै केही ठाउँ बाहेक दशभर सडक सञ्जाल विस्तार गरिएको चर्चा गरे ।
ओलीले भने, ‘यर्थाथमा नेपाल पहिला जस्तो दुर्गम देश थियो, सडकका कारण उत्पादनले बजार पाउँदैन भन्ने ठुलो गुनासो थियो । सँगै कृषि उत्पादनका सामग्रीले बजार पाएन भन्ने ठुलो गुनासो थियो अहिले केही केही ठाउँबाहेक अन्यत्र त्यस्तो गुनासो आउने स्थिति छैन । अहिले हुम्लाको सिमिकोटमा पक्कीबाटो जोडिएको छैन नत्र अरु सबै जिल्लामा सदरमुकाम सम्म पक्की बाटोमा जोडिएका छन् ।’
उनले देशभरका पालिकाको पक्की बाटो सदरमुकाम सम्म जोडन आफूहरूले अभियान चलाएको स्मरण गर्दै स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउन सोही अनुसार डाक्टर,नर्स, औषधी उपचार सहितको प्रबन्ध गर्ने योजना सफल नहुनुमा अस्थिर राजनीति कारण भएको जिकिर गरे ।
ओलीले भने, ‘अस्थिर राजनीतिक स्थिति र अन्य कारणहरूले गर्दा ति कामहरू सहज रूपमा अघि बढ्न सक्दैनन्, सकेका छैनन् । कतिले बुझ्दैनन्, कतिले भत्काइदिन्छन्, कतिले रोकिदिन्छन् यस्ता खालका कुराले व्यवधान आएको छ ।’
उनले बनेका पूर्वाधारको प्रयोगमार्फत कृषि क्षेत्रमा उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण