अफगानिस्तानमा बाढीका कारण कम्तीमा २०० जनाको मृत्यु
आइतबार, ३० वैशाख २०८१, १० : ३६
काबुल । उत्तरी अफगानिस्तानमा हालैका दिनमा आएको बाढीका कारण कम्तीमा २०० जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घीय निकाय इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेसन (आईओएम)ले बताएको भन्दै सीएनएनले शनिबार समाचार छापेको हो । देशका उत्तरी प्रान्तहरू बदाख्शान, घोर, बग्लान र हेरतमा ठुलो बाढी आएको थियो । बाढीका कारण करिब २ हजार घरमा क्षति पुगेको बताइएको छ ।
मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गरिएको आईओएमको भनाई छ । अन्तर्राष्ट्रिय उद्धार समिति (आईआरसी)ले भने बाढीका कारण त्यहाँ २५० जना भन्दा धेरैको ध्यान गएको र हजारौँ विस्थापित भएको बताएको छ । अप्रिलमा पनि बेमौसमी वर्षाका कारण अफगानिस्तान र पाकिस्तानमा सयभन्दा धेरैको मृत्यु भएको थियो । त्यसबेला ६०० भन्दा धेरै बस्तुभाउ पनि मरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण