टर्कीमा युएनको भवन निर्माणमा रोजगारी दिलाउँछु भनेर ४ करोड ठग्ने पक्राउ
काठमाडौँ । टर्कीमा युएन मिसन कार्यालयमा रोजगारी दिलाउँछु भनेर ठग्ने विनोद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका–५ घर भएका ४२ वर्षीय श्रेष्ठले ४ करोड ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।
प्रहरीले उनलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । आरोपीले चुच्चेपाटी स्थित जमघट रेस्टुरेन्टमा पीडितहरूसँग भेटेर सुरुमा ५० हजार र भारतमा लगेर प्रतिव्यक्ति ३ लाख रुपैयाँ असुलेको अनुसन्धानबाट थाहा भएको छ । अनुसन्धानमा संलग्न डीएसपी गोविन्द पन्थी भन्छन्– ‘भारतमा एजेन्टलाई भेटेर विश्वास दिलाएपछि आरोपी फर्किने गरेको देखिन्छ ।’
भारतमा भेट्ने एजेन्टले होटेलमा छाडेर सम्पर्कविहीन भएपछि पीडितहरू नेपाल फर्केका हुन् । श्रेष्ठ विरुद्ध वैदेशिक रोजगार विभागमा जाहेरी दर्ता भएको छ ।
ठगेको रकमले श्रेष्ठले चाबहिलमा सालो सुजन भुजेलको नाममा चाबहिलका साढे ३ करोडमा घर किनेको भेटिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोबाट ठगी मुद्दामा अनुसन्धान भएर श्रेष्ठकी पत्नी सुरुचि भुजेल र सालो सुजन भुजेल अहिले पुर्पक्षका लागी कारागारमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण