कोशी प्रदेश
मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मत दिन आग्रह
सोमबार, ३१ वैशाख २०८१, १४ : ०७
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रदेशसभामा सहभागी सबै दललाई आग्रह गरेका छन् । विश्वासको मत माग्ने प्रयोजनका लागि आज बसेको प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो आग्रह गरेका हुन् ।
उनले सर्वोच्चमा चलिरहेको मुद्दाको विषय उल्लेख गर्दै अदालतले दिने निर्णयलाई आफूले मानेर जाने पनि बताए । संविधान वादमा विश्वास गर्ने भएकोले संविधानका प्रावधान र विधि शास्त्रलाई पनि मान्ने उनले बताए । ‘सबै सांसदको आशा, भरोसा र टुट्न दिनेछैन । प्रदेशवासीको शिर झुक्न दिने छैन,’ उनले भने ।
उता, नेपाली कांग्रेसले भने सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा हतारमा विश्वासको मत लिन मुख्यमन्त्री लागेको भन्दै बैठकमा अनुपस्थित रहने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण