बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रमोदले ल्याए ‘दिलको क्यामेरा’

सोमबार, ३१ वैशाख २०८१

काठमाडौँ । एक समयको चर्चित ब्याण्ड ‘निर्वाण एन्ड म्युजिक लिंक’का गायक  प्रमोद निर्वाणको नयाँ गीत ‘दिलको क्यामेरा’ सार्वजनिक गरिएको छ । 

आफ्नै शब्द, संगीत र उदयराज पौडेलको एरेन्जमा तयार गीतको भिडियो पनि बनेको छ । जसमा प्रमोदको अलवा अम्बिका तामाङ र महेश मुखियाको अभिनय छ ।

भिडियोमा मौलिक नेवारी कलासंस्कृति पस्किएको छ । प्रमोद भण्डारीको कोरियोग्राफी, निशल पौडेलको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । भिडियोको निर्देशन युवराज वाइबाले गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया