बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले बीपी कोइराला र पुष्पलाल श्रेष्ठको वैचारिक विरासतलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनुपर्नेमा जोड दिएको छ ।
- प्रलोपाले बीपीको लोकतान्त्रिक समाजवाद र पुष्पलालको वाम/समाजवादी दृष्टिकोणलाई सिर्जनात्मक रूपमा आत्मसात् गर्दै २१ औं शताब्दीको आवश्यकता अनुसार नयाँ वैचारिक संश्लेषण गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
- पार्टीले लोकतन्त्र र समाजवादलाई परस्पर विरोधी नभई एकअर्काको पूरक मूल्यका रूपमा व्याख्या गर्दै समृद्ध नेपाल निर्माणका लागि सम्पूर्ण लोकतन्त्रवादी, वामपन्थी, समाजवादी र प्रगतिशील शक्तिहरूलाई एकजुट हुन आह्वान गरेको छ ।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले मुलुकको लोकतान्त्रिक आन्दोलनका दुई शिखर व्यक्तित्व बीपी कोइराला र पुष्पलाल श्रेष्ठको वैचारिक विरासतलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस अघि बढाउनुपर्नेमा जोड दिएको छ ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रजातान्त्रिक समाजवादका प्रणेता बीपी कोइरालाको स्मृति दिवस र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा बुधबार एक प्रेस वक्तव्य जारी गर्दै प्रलोपाले यस्तो धारणा अघि सारेको हो ।
पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख रजमान तामाङद्वारा जारी विज्ञप्तिमा बीपी र पुष्पलाललाई फरक राजनीतिक धाराका प्रतिनिधि भए पनि लोकतान्त्रिक रूपान्तरण र राष्ट्रिय हितका साझा लक्ष्य बोकेका प्रेरणादायी व्यक्तित्वका रूपमा चित्रण गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, 'बीपीले राजनीतिक स्वतन्त्रता र प्रजातान्त्रिक समाजवादको दृष्टि अघि सार्नुभयो भने पुष्पलालले वर्गीय शोषणविरुद्धको संघर्ष र वाम–लोकतान्त्रिक शक्तिबीचको संयुक्त आन्दोलनको जग बसाल्नुभयो । आजको संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा उहाँहरूको विचारलाई केवल स्मरण गर्ने मात्र होइन, व्यवहारमा रूपान्तरण गर्नु आजको पुस्ताको मुख्य दायित्व हो ।'
प्रलोपाले हाल मुलुकमा लोकतन्त्र प्राप्त भए पनि सुशासन, उत्पादनमुखी अर्थतन्त्र, युवाको भविष्य र सामाजिक न्यायका सवालहरू अझै गम्भीर चुनौतीका रूपमा रहेको उल्लेख गरेको छ । 'यस्तो अवस्थामा बीपीको लोकतान्त्रिक समाजवाद र पुष्पलालको वाम/समाजवादी दृष्टिकोणलाई सिर्जनात्मक रूपमा आत्मसात् गर्दै २१ औं शताब्दीको आवश्यकता अनुसार नयाँ वैचारिक संश्लेषण गर्नुपर्ने आवश्यकता छ,' वक्तव्यमा उल्लेख छ ।
पार्टीले लोकतन्त्र र समाजवादलाई परस्पर विरोधी नभई एकअर्काको पूरक मूल्यका रूपमा व्याख्या गर्दै आर्थिक न्याय, सामाजिक समानता र विधिको शासन नै समृद्ध नेपालको आधार भएको दाबी गरेको छ । स्मृति दिवसलाई केवल औपचारिकता र पुष्पगुच्छा अर्पणमा मात्र सीमित नगरी आत्मसमीक्षा र राष्ट्र निर्माणको नयाँ संकल्प गर्ने अवसरका रूपमा लिनुपर्ने प्रलोपाको ठहर छ ।
पार्टीले सम्पूर्ण लोकतन्त्रवादी, वामपन्थी, समाजवादी र प्रगतिशील शक्तिहरूलाई बीपी र पुष्पलालको आदर्श, त्याग र नैतिकताबाट प्रेरणा लिँदै समृद्ध र आत्मनिर्भर नेपाल निर्माणमा एकजुट हुन हार्दिक आह्वान समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण