अनमोलको प्रेमिका बन्न पाउँदा खुसी छु – जसिता
काठमाडौँ । अभिनेत्री जसिता गुरुङले रिलमा भएपनि अनमोलको प्रेमिका बन्न पाउँदा खुसी लागेको बताएकी छन् । गत वर्ष ‘ज्याकीः आई एम २१’मा देखिएकी गुरुङको आगामी जेठ १० गतेबाट फिल्म ‘फर्की फर्की’ रिलिज हुदैछ । फिल्ममा उनी अनमोलको जोडीको रुपमा देखिन लागेकी छन् ।
अनमोलसँग उनको यो पहिलो फिल्म हो । फिल्म उद्योगमा पाइला चाल्नु अघि नै अनमोललाई उनी मन पराउँथिन् र सम्मान गर्थिन् । अहिले उनै अनमोलको प्रेमिका भएर फिल्ममा देखिँदै छिन् ।
‘फिल्मको कन्सेप्ट आउँदा म उत्साहित थिएँ । अनमोलसँग काम गर्न पाउँदा झन् खुसी भए’, उनले भनिन् ‘यो फिल्म अघि पनि एक फिल्मका लागि अनमोलसँग काम गर्न अनुबन्धित भएकी थिएँ । तर फिल्म बनेन । ‘फर्की फर्की’मा अनमोलसँग जोडी बन्न लेखिएको रहेछ ।’ अभिनयपछि पनि अनमोलप्रति रेस्पेक्ट पहिला र अहिले उस्तै रहेको उनको भनाई छ । भनिन्, ‘कलाकारको रुपमा उसँग स्क्रिन शेयर गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छु ।’
जसिता ५, ६ वर्षदेखि चलचित्र उद्योगमा छिन् । तर उनको फिल्म धेरै छैन । उनी आफूलाई ‘चुजी’ पनि मान्दिनन् । तर उनले आफर आएका धेरै फिलम छोडेकी छन् । ‘अहिलेसम्म मलाई जति अफर आए, कुनैमा स्क्रिप्ट नमिल्ने त कुनैमा समय नमिल्ने भयो । त्यसैले धेरै फिल्महरू मैले छोड्नुपर्यो,’ जसिता भन्छिन् ।
जसिताले फिल्म ‘फर्की फर्की’मा साइरा गुरुङको भूमिका निभाएकी छन् । जो मिक्सोलोजिस्ट अर्थात् इभेन्टमा ‘ड्रिङ्क्स अर्गनाइज’ गरेर बनाउने काम गर्छिन् । ‘म यूकेबाट नेपाल आएकी हुन्छु, ऊ अलिकति रिजर्भ र सफल तथा सिम्पल छ । बाहिर म अलिकति लाउड जस्ती देखिए पनि फिल्ममा त्यो देखिँदैन’, उनी भन्छिन् ।
जसिताको बुझाइमा ‘फर्की फर्की’ मनोरञ्जनको फूल प्याकेज हो । ‘जसरी खानामा भेराइटी हुन्छ, फूलको बुकीमा पनि धेरै फूल हुन्छन्, फर्की फर्की त्यस्तै हो’ उनी थप्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण