पहेँलो धातु देखाई सुन ठगी गर्ने युवक पक्राउ
बिहीबार, ०३ जेठ २०८१, १२ : ५३
काठमाडौँ । झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मोरङ उर्लाबारीका ३० वर्षीय सञ्चित शर्मालाई पक्राउ गरेको हो ।
शर्माले दमकको हाटबजार क्षेत्रमा ज्येष्ठ नागरिक र महिलाहरूलाई पहेँलो धातु देखाएर सुनका गरगहना सट्टापट्टा गरेका थिए । सोही उजुरीका आधारमा प्रहरीले उनलाई दमक नगरपालिका ६ बाट ५६.३१० ग्राम पहेँलो धातुसहित पक्राउ गरेको हो ।
शर्मालाई झापा जिल्ला अदालतबाट ठगी कसुरमा म्याद थपका लागि कानुनी प्रक्रिया प्रारम्भ गर्नुका साथै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण