रुसले उत्तरपूर्वी क्षेत्रमा आक्रमण बढाउन सक्ने जेलेन्स्कीको आशङ्का
कीएभ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले युक्रेनको उत्तरपूर्वी क्षेत्रमा आक्रमण बढाउन सक्ने आशङ्का व्यक्त गरेका छन् । जेलेन्स्कीले खार्किभ नजिकका क्षेत्रहरूमा हालै हासिल गरेको उपलब्धिपछि रुसले यो कदम चाल्ने दाबी गरेका हुन्।
रुसी सेनाले युक्रेनको मोर्चालाई कमजोर बनाउने प्रयास गरिरहेको छ । जेलेन्स्कीले युक्रेनी सेनाको मनोबल कमजोर भएको र केही इकाईहरू पूर्ण रूपमा खाली भएको स्वीकार गरेका छन्।
जेलेन्स्कीका अनुसार युक्रेनसँग हाल सुरक्षाको लागि हुनु पर्ने हतियारको २५ प्रतिशत मात्र उपलब्ध छ। अमेरिकाले भर्खरै युक्रेनलाई ६१ अर्ब रुपैयाँको सहायता प्याकेज घोषणा गरेको छ र यसमा सैन्य सहायता पनि समावेश छ ।
पछिल्ला केही दिनमा रुसले युक्रेनको दोस्रो ठुलो सहर खार्किभको उत्तरपूर्वी क्षेत्रका धेरै गाउँहरू कब्जा गरेको दाबी गरेको छ। खार्किभका गभर्नरले पछिल्लो एक सातामा करिब १० हजार मानिसले खार्किभ छाड्नुपरेको बताएका छन् ।
यद्यपि गभर्नरले युक्रेनी सेनाले स्थिति नियन्त्रणमा राखेको दाबी पनि गरेका छन् । यता जेलेन्स्की युक्रेनलाई मोर्चामा थप सैनिकहरू आवश्यक रहेको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण