आठ गोलको थ्रिलरमा रियल रोकियो

मड्रिड । अलेक्सान्डर सोरलोथ एक्लैले चार गोल गरेपछि ला लिगामा च्याम्पियन रियल मड्रिड भिल्लेरियालसँग बराबरीमा रोकिएको छ । आइतबार राति रियलले पहिलो हाफको अन्त्यमा ४–१ को अग्रता बनाए पनि खेल ४–४ को बराबरीमा टुङ्गिएको हो ।
खेलको १४ औँ मिनेटमा आर्डा गुलेरले रियललाई अग्रता दिलाएका थिए । ३० औँ मिनेटमा जोसेलुले टोलीको अग्रता दोब्बर बनाए । ३९ औँ मिनेटमा सोरलोथले भिल्लेरियालका लागि एक गोल फर्काएका थिए ।
तर, एक मिनेटपछि नै लुकास भाजक्वेजले टोलीका लागि तेस्रो गोल गरे । पहिलो हाफको इन्जुरी समयमा गुलेरले दोस्रो गोल गर्दै रियलको अग्रता फराकिलो बनाए ।
सहज जिततर्फ रियल अग्रसर बनिरहँदा दोस्रो हाफको सुरुवाती ११ मा मिनेटमा सोरलोथले तीन गोल गरेपछि खेल ४–४ को बराबरीमा पुगेको थियो । अब रियलले जुन १ मा च्याम्पियन्स लिगको फाइनलमा बोरुसिया डर्टमण्डको सामना गर्नेछ ।
उता, आइतबार नै भएको अन्य खेलमा बार्सिलोनाले रायो भायोकानोलाई ३–० गोलले पराजित गर्यो । बार्साको जितमा पेड्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ
-
यस्तो छ आज तरकारीको मूल्यसूची, पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च
-
जथाभाबी खनिएका सडकले दुर्घटना बढेपछि कर्णाली सरकारले बनायो आफ्नै गुरुयोजना
-
कत्रो हुन्छ हाम्रो पेट ? कति खाने ?
-
साहित्यकार निहारिकालाई योगमाया राष्ट्रिय पुरस्कार २०८१ प्रदान गरिने
-
कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी