आठ गोलको थ्रिलरमा रियल रोकियो
मड्रिड । अलेक्सान्डर सोरलोथ एक्लैले चार गोल गरेपछि ला लिगामा च्याम्पियन रियल मड्रिड भिल्लेरियालसँग बराबरीमा रोकिएको छ । आइतबार राति रियलले पहिलो हाफको अन्त्यमा ४–१ को अग्रता बनाए पनि खेल ४–४ को बराबरीमा टुङ्गिएको हो ।
खेलको १४ औँ मिनेटमा आर्डा गुलेरले रियललाई अग्रता दिलाएका थिए । ३० औँ मिनेटमा जोसेलुले टोलीको अग्रता दोब्बर बनाए । ३९ औँ मिनेटमा सोरलोथले भिल्लेरियालका लागि एक गोल फर्काएका थिए ।
तर, एक मिनेटपछि नै लुकास भाजक्वेजले टोलीका लागि तेस्रो गोल गरे । पहिलो हाफको इन्जुरी समयमा गुलेरले दोस्रो गोल गर्दै रियलको अग्रता फराकिलो बनाए ।
सहज जिततर्फ रियल अग्रसर बनिरहँदा दोस्रो हाफको सुरुवाती ११ मा मिनेटमा सोरलोथले तीन गोल गरेपछि खेल ४–४ को बराबरीमा पुगेको थियो । अब रियलले जुन १ मा च्याम्पियन्स लिगको फाइनलमा बोरुसिया डर्टमण्डको सामना गर्नेछ ।
उता, आइतबार नै भएको अन्य खेलमा बार्सिलोनाले रायो भायोकानोलाई ३–० गोलले पराजित गर्यो । बार्साको जितमा पेड्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण