पारिश्रमिक कम भएपछि अनिल कपुरले छाडे हाउसफुल-५
नयाँ दिल्ली । हाउस फुल फ्रेन्चाइजीको पाँचौँ फिल्म हाउसफुल - ५ को धमाधम छायाङ्कन भइरहेको छ । अन्तिम क्षणमा फिल्मको स्टार कास्टमा हेरफेर भइरहेको छ । हाउस फुल ५ मल्टिस्टारर फिल्म हो । यस फिल्ममा अक्षय कुमार मुख्य भूमिकामा देखिँदैछन् । अनिल कपुरले पनि फिल्ममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेवाला थिए ।
तर अहिले अनिल कपुरले हाउसफुल ५ छाड्ने निर्णय गरेको खबर आइरहेको छ । मिड डे न्युजका अनुसार अनिल कपुरले पारिश्रमिकबारे विवाद भएपछि फिल्म छाड्ने निर्णय गरेका हुन् । रिपोर्टका अनुसार अनिल कपुरले निर्माता साजिद नाडियाडवालासँग आफ्नो पारिश्रमिकका विषयमा मतभेद भएपछि हाउसफुल ५ छाडेका हुन् । अन्तिम क्षणमा अनिलले फिल्म खेल्न नमानेपछि निर्माताहरूले नाना पाटेकरलाई उनको ठाउँमा काष्ट गर्न लागेको बताइएको छ ।
केही दिन अघि फिल्ममा अर्जुन रामपाल पनि जोडिएको खबर आएको थियो । अर्जुन रामपालले १४ वर्षपछि हाउस फुल फ्रेन्चाइजीमा काम गर्न थालेका छन् । हाउस फुल ५ मा उनले गम्भीर तर रमाइलो चरित्र निर्वाह गर्ने बताइएको छ । हाउस फुल फ्रेन्चाइजी पाँचौँ भागमा आउन लागेको भारतको पहिलो कमेडी फ्रन्चाइजी हो । हाउसफुल ५ को कथा क्रुजमा आधारित रहने छ । फिल्मको सुटिङ यही वर्ष अगस्टमा बेलायतमा सुरु हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण