कर्जा लगानीमा बैंकहरू आक्रामक : चैतमा मात्र ५० अर्ब ५५ करोड प्रवाह
काठमाडौँ । बढ्दो निक्षेपको तुलनामा कर्जा लगानीमा खुम्चिरहेका बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो चैत महिनामा आक्रामक लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको रिपोर्ट अनुसार बैंकहरूले चैतमा मात्र ५० अर्ब ५५ करोड रुपैयाँ लगानी गरेका हुन् ।
२०८० चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कूल ५१ खर्ब २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । अघिल्लो महिना फागुन मसान्तसम्म बैंकहरूले ५० खर्ब ९१ अर्ब रुपैयाँ लगानी गरेका थिए ।
तर यता समीक्षा अवधिमा निक्षेप भने २४ अर्ब रुपैयाँले घटेको राष्ट्र बैंकले जनाएको छ । फागुन मसान्तसम्म ६१ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै ५० खर्ब ९१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरूले चैत मसान्तसम्ममा ६१ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै ५१ खर्ब २७ अर्ब रुपैयाँ लगानी गरेका छन् ।
कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा कूल निक्षेपको स्थिति ११४.५४ प्रतिशत रहेको छ भने कर्जाको स्थिति ९५.२७ प्रतिशत रहेको छ ।
केन्द्रीय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८०÷८१ को जीडीपीको आकार ५३ अर्ब ८१ अर्ब ३३ करोड रुपैयाँ बराबर हुने प्रक्षेपण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण