बुढानीलकण्ठबाट सिक्री लुटेर भागेका युवक पक्राउ
सोमबार, ०७ जेठ २०८१, १६ : ५१
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित माथिल्लो भंगालबाट सुनको सिक्री लुटेर भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको मौलापुर घर भएर बुढानीलकण्ठ बस्ने राधेश्याम शाह छन् ।
२० वर्षीय शाहले जेठ ३ मा बाटोमा हिँडिरहेकी ५६ वर्षीय सुमित्रा श्रेष्ठको सिक्री लुटेर भागेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । शाहले साढे १ तोलाको सिक्री लुटेका हुन् ।
सीसीटिभी फुटेजको आधारमा अनुसन्धान गरेर उनलाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । उनीमाथि प्रहरी वृत्त महाराजगन्जले चोरी तथा डाँकासम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण