एकै वर्षमा २५ ओटा हिट फिल्म दिने यी अभिनेता
नयाँ दिल्ली । दक्षिण भारतका सुपरस्टार हुन् मोहनलाल । अभिनयको साथसाथै उनले फिल्म निर्माण, पार्श्वगायन, वितरण, निर्देशन र व्यवसायमा पनि हात हालेका छन् । ४ दशक लामो अभिनय करियरमा उनले ४०० फिल्ममा काम गरेका छन् ।
पद्यश्री र पद्यमभूषण समेत पाइसकेका मोहनलालले उत्कृष्ट अभिनयका लागि पाँच पटक नेशनल अवार्ड पनि पाइसकेका छन् । अभिनेताले एकै वर्षमा ३५ फिल्ममा काम गरेका थिए । यीमध्ये २५ ओटा फिल्म हिट भएका थिए ।
सन् १९८६ मा अभिनेताको फिल्मी करियर उत्कर्षमा थियो । हरेक १५-१५ दिनमा यिनको एक फिल्म रिलिज हुन्थ्यो । सोही वर्ष अभिनेताको ३४ ओटा फिल्म रिलिज भएको थियो । यो आफैँमा एउटा रेकर्ड हो । अहिलेसम्म कुनै पनि अभिनेताको एकै वर्षमा यति धेरै फिल्म हलमा आएका थिएनन् ।
३४ मध्ये २५ ओटा फिल्म हिट भए । त्यति बेला मोहनलालको वार्षिक औसत २० ओटा जति फिल्म रिलिज हुन्थ्यो । चार दशकको करियरमा उनले अभिनय गरेको फिल्म ४०० कट्नुको कारण यही पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण