बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा जनमत नेतृत्वमा सरकार गठन गर्नेबारे सहमति भएको छैन : एमाले

मङ्गलबार, ०८ जेठ २०८१, १४ : ०४
मङ्गलबार, ०८ जेठ २०८१

काठमाडौँ । नेकपा एमालेले मधेस प्रदेशमा कसको नेतृत्वमा सरकार गठन हुने भन्नेबारे छलफल नभएको बताएको छ ।

मधेस प्रदेशमा सत्ता गठबन्धनका तर्फबाट जनमत पार्टीको नेतृत्वमा सरकार गठनका लागि सहमति भएको भन्दै समाचार बाहिर आएको थियो । माओवादी केन्द्र, जनमत पार्टीका नेताहरूले सो सहमति भएको जिकिर गरेका थिए ।

तर सत्ता गठबन्धनको मुख्य घटक नेकपा एमाले मधेस प्रदेशको संसदीय दलका नेता सरोजकुमार यादवले जनमत पार्टीको नेतृत्वमा सरकार गठन गर्नेबारे कुनै सहमति नभएको बताए । सत्ता गठबन्धनको नेतृत्वमा सरकार बन्ने सहमति भएको तर कसको नेतृत्वमा सरकार बनाउने भन्नबारे सहमति भइनसकेको उनको भनाइ छ ।

मधेस सरकारबाट एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोज कुमार यादव अल्पमतमा परेका छन् । उनले प्रदेश सभामा हालसम्म आफ्नो बहुमत सिद्ध गरेका छैनन् । उनको नेतृत्वको सरकारलाई नेकपा एकीकृत समाजवादीले मात्र समर्थन कायम राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप