पोखराको चक्रदेवी सहकारीमा तोडफोड, ९ जना पक्राउ
मङ्गलबार, ०८ जेठ २०८१, १७ : ३२
पोखरा । पोखराको चक्रदेवी सहकारीमा तोडफोड भएको छ । बुधबार पोखरामा हुने कार्यक्रमको लागि माइकिङ गर्दै गएको टोलीले सहकारीमा आक्रमण गरेको बताइएको छ ।
तोडफोडमा संलग्न रहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू सबैजना दुर्गा प्रसाईं समूहका रहेको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा माछापुच्छ्रे गाउँपालिका ५ रिभानका ३६ वर्षीय प्रकाश विक, झापा भद्रपुर घर भएका राजीव प्रसाईं, पोखरा २७ लेखनाथका ४२ वर्षीय गणेश शाही, सोही ठाउँका समिन विक, सञ्जिव सुनार, यमबहादुर चौरेली, कृष्णकुमारी चौरेली, रुपन्देहीकी कमला चन्द र नवलपरासीका विष्णु बोहरा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम
-
‘स्वस्थ शिशु प्रतिस्पर्धा’ हुँदै, दरखास्त फाराम खुल्यो
-
म्यानचेस्टर सिटीमा आबद्ध भए एन्डरसन, पाँच वर्षको सम्झौतामा हस्ताक्षर
-
लोनमा एस्टन भिल्ला पुगे चेल्सीका विङ्गर गार्नाचो
-
मिटरब्याज सम्बन्धी लिखत अवैध घोषणा: पीडितलाई न्यायको आशासँगै कानुनी जटिलताको चाङ
-
मोड्रिच थप एक वर्ष एसी मिलानमै रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण