वन मन्त्रीको सम्पत्ति : ९ वटा घर, राइफलसहित १५८ तोला सुन
मङ्गलबार, ०८ जेठ २०८१, १७ : ३८

काठमाडौँ । सरकारले मन्त्रीपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको सम्पत्ति अनुसार वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीले आफ्नो सम्पत्ति विवरणमा १२ बोरको राइफल राखेका छन् ।
साथै उनीसहित उनका परिवारका सदस्यसँग १५८ तोला सुन रहेको छ । यस्तै सप्तरीका विभिन्न ठाउँमा गरी ९ वटा घर रहेको विवरणमा भरेका छन् । यस्तै सप्तरीकै १५ स्थानमा उनीसहित उनको परिवारका सदस्यका नाममा जग्गाजमिन रहेको छ ।
विभिन्न वैंकहरुमा उनको झन्डै ४६ लाख रुपैयाँ नगद रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा चरम निराशा : ७५ प्रतिशत जनतालाई अहिलेको गठबन्धनप्रति भरोसा छैन
-
निजामती सेवा विधेयकबारे मधेसी अधिकृत समाजद्वारा मन्त्री गुप्ताको ध्यानाकर्षण
-
अग्नि सापकोटालाई प्रश्न– दुई बुँदे सहमति माओवादीलाई ‘ब्याक फायर’ भएको हो ?
-
राज्यले अन्याय गरेपनि अदालतले न्याय दियो : रवीन्द्र मिश्र
-
विपन्न नागरिकका लागि बर्दघाटमा कपडा बैङ्क स्थापना
-
रवीन्द्र मिश्र रिहा, तस्बिरमा हेर्नुहोस्