आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइँदै
काठमाडौँ । आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ ।
विश्वमा जैविक विविधताको महत्वलाई दर्साउन सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउने अभ्यासको थालनी भएको हो । सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धि अगाडि बढाउने निर्णय गरेको थियो ।
त्यसलाई सन् २००० डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्र संघको महासभाको बैठक निर्णय नम्बर ५५र२०१ ले थप अङ्गीकार गरी प्रत्येक वर्ष २२ मे लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।
यस वर्ष राष्ट्रसंघले विश्वभरका राष्ट्र र राष्ट्रप्रमुखहरूलाई जैविक विविधता प्रति थप जुझारु हुँदै जैविक विविधता योजनाको हिस्सा बन्न आग्रह गर्ने खालको नारा तय गरेको छ । जैविक विविधता सम्बन्धी महासन्धिको सचिवालयले ‘योजनाको हिस्सा बन्नुहोस्’भन्ने नारा तय गरेको छ ।
नेपालमा भनेजैविक विविधतालाई वातावरण संरक्षण ऐन२०५३ अनुसार व्याख्या गरिएको छ । नेपाल जैविक विविधताको हिसावले एसियामा ११ औँ र विश्वमा २५ औँ स्थानमा पर्दछ ।
जैविक विविधता र भौगोलिक विशिष्टताका हिसाबले नेपालको अलग्गै पहिचान छ । नेपालमा हालसम्म २ सय ७ प्रजातिका स्तनधारी, ८ सय ६७ प्रजातिका चरा, ४३ प्रजातिका उभयचर, १ सय प्रजातिका सरिसृप र १ सय ८५प्रजातिका माछा सूचीकृत छन् ।
यस्तै, ६ सय ५३ जातका पुतली, ३ हजार ९ सय ६६ भन्दा बढी राति उड्ने पुतली, ५ हजार बढी कीरा, २ सय प्रजातिका माकुरा र ६ हजार बढी फुल फुल्ने वनस्पति, ४ सय ७१ प्रजातिका झ्याउ, १ हजार ८ सय २२ प्रजातिका ढुसी र३ सय ८३ प्रजातिका उन्यूहरू रहेको तथ्य छ । वनस्पतिमा गुराँस प्रजातिको संख्या नेपालमा ३२वटा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण