अमेरिकी संसदमा नेतान्याहुलाई आमन्त्रणबारे विवाद
वासिङ्टन डीसी । गएको सात महिनादेखि गाजामा हमास र इजरायल लडिरहेका छन् । यस युद्धमा अहिलेसम्म ३० हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । दुई पक्षमध्ये अमेरिकाले इजरायललाई साथ दिइरहेको छ । यसैबिच अमेरिकी संसदमा इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुलाई बोलाउने विषयमा विवाद सुरु भएको छ ।
प्रतिनिधि सभामा रिपब्लिकन नेताले मंगलबार नेतान्याहुलाई सांसदहरूलाई सम्बोधित गर्नका लागि निमन्त्रणा दिने नजिक आफू पुगेको बताएका थिए । तर सिनेटमा डेमोक्रेटिक नेताहरू यसका लागि तयार छैनन् । संसदमा बहुमतका नेता चक शूमरलाई निम्तो पत्रमा हस्ताक्षर गर्न मंगलबारसम्मको समय दिएको प्रतिनिधि सभाका सभामुख माइक जनसनले पत्रकारहरूलाई भने । पत्रमा नेतान्याहुलाई एउटा संयुक्त बैठकलाई सम्बोधन गर्न निम्ता हुनेछ ।
उनले हस्ताक्षर गरेनन् भने पनि आफूहरूले नेतान्याहुलाई निम्तो दिने उनको भनाई थियो । यस विषयमा दुबै दलबिच मतभेदले नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनको महिनौँ अघि इजरायलको विषयमा अमेरिकामा राजनीतिक धुव्रीकरणलाई देखाउँछ । यस मामिलामा राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्ध देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण