अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
काठमाडौं । झापाको कचनकवल गाउँपालिका–४ स्थित सुनकोशी चिया बगानबाट अवैध लागूऔषध ब्राउनसुगर ४० ग्राम ८ सय ४० मिलिग्रामसहित सोही गाउँपालिका–४ बस्ने ३६ वर्षीया अलिसा शेखलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरीले मंगलबार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुर सुक्रबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही नगरपालिका–१ चौतारामा बस्ने ३० वर्षीय शिसिर सुब्बा समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी झापा, गौरिगञ्ज गाउँपालिका–१ दास चौरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम २ सय मिलिग्राम र नगद रुपैयाँ ३ हजार ५ सय २५ रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरदह नगरपालिका–९ बैगुनधुरा बस्ने ३२ वर्षीय नबिन बस्नेत र मोरङ बयरवन घर भएका ३२ वर्षीय प्रबिन ठकुरी रहेका छन् ।
प्रहरी चौकी कुञ्जिबारी र सशस्त्र प्रहरी बल नेपाल बिओपी कुञ्जिबारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा।८१ प ७१७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यता बाराको प्रसौनी गाउँपालिका–१ नकटुवाबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २ ग्राम ४ मिलिग्रामसहित निजगढ नगरपालिका–७ लचका टोल बस्ने २७ वर्षीय सुनिल रूम्बा तमाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले ना ६१ प १७२७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
कैलालीको गोदावरी नगरपालिका–१ धनगढी रोड कृष्ण मार्केटबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम १ सय मिलिग्राम र नाईट्राभेट ७ ट्याब्लेटसहित धनगढी उपमहानगरपालिका(३ बस्ने २० वर्षीय रोहन घिमिरे समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित सोही नगरपालिका–१० बस्ने २५ वर्षीय प्रशान्त चौधरी समेत २ जनाको मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले से।५ प ५६२५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यता बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित बैजनाथ गाउँपालिका–४ बानियाभार बस्ने २५ वर्षीय प्रदिप खत्रीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण