चोरीको मोटरसाइकलसहित पाँच जना पक्राउ
बुधबार, ०९ जेठ २०८१, १३ : ०१
काठमाडौँ । झापामा चोरीको मोटरसाइकलसहित पाँच जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले जेठ ८ गते चोरीका मोटरसाइकलसहित पाँच जनालाई पक्राउ गरी बुधवार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा झापा कन्काइ नगरपालिका ४ बस्ने प्रियंक कँडेल, सोही ठाउँ बस्ने कृष्ण घिमिरे, नवीन बस्नेत, दीपक भुजेल र कनकाई नगरपालिका ३ बस्ने समिक चुँडाल रहेका छन् ।

उनीहरूको साथबाट दुई वटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पाँचथर पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण