२४ घण्टामा गौतम अदानीले कमाए २६ खर्ब ४० अर्ब भारु
नयाँ दिल्ली । भारतीय खर्बपति व्यापारी गौतम अदानीले एकै दिनमा २६ खर्ब ४० अर्ब भारु कमाएका छन् । मंगलबार भारतीय शेयर बजारमा कमी देखिएको भए पनि अदानीको व्यापारिक समूह अदानी ग्रुपका कम्पनीको शेयर मूल्यमा भने तीव्र वृद्धि देखिएको थियो । शेयरमा देखिएको व्यापक वृद्धिसँगै अदानीले एकै दिनमा ३ अर्ब १७ करोड डलर अर्थात् २६ खर्ब ४० लाख भारु कमाए ।
योसँगै मंगलबारको कारोबारमा विश्वका सबैभन्दा धनी १५ व्यापारीहरूमाझ अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क पछि अदानी सबैभन्दा धेरै कमाउने व्यवसायी थिए । २४ घण्टामा एलन मस्कको सम्पत्ति ८ अर्ब ३३ करोड डलर अर्थात् ६९ खर्ब ३० अर्ब भारुले बढेको थियो । योसँगै मस्कको नेटवर्थ बढेर १ खर्ब ९६ अर्ब डलरमाथि पुगेको छ ।
पछिल्लो २४ घण्टामा भएको वृद्धिपछि भने अदानीको नेटवर्थ १ खर्ब ४ अर्ब डलरमा उक्लिएको छ । अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको अर्बपतिको ‘रियलटाइम’ सूचिमा अदानी १४ औं स्थानमा छन् । मंगलबार शेयर बजारमा सूचिकृत अदानी ग्रुपको १९ मध्ये ९ कम्पनीको शेयरमा उच्च वृद्धि देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण