सिरोहियालाई तत्काल रिहाइ गर्न जसपा नेपालको माग
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको भन्दै तत्काल रिहाइ गर्न माग गरेको छ । बुधवार सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै सिरोहियालाई तत्काल रिहाइ गर्न माग गरेका हुन् ।
अध्यक्ष यादवले सिरोहियालाई पक्राउ गरिएको विषयमा आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कान्तिपुर मिडियामाथि आक्रमण गर्नु लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको निर्मम प्रहार भएको आफूहरूको ठम्याई रहेको बताएका छन् ।
विज्ञप्तिमा उनले ‘नीतिगत भ्रष्टाचारविरुद्ध निष्पक्ष समाचार प्रकाशित गरेकै कारण सिरोहियालाई पक्राउ गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण हो’ भनेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘राज्य संयन्त्रको दुरुपयोग गरी सञ्चार क्षेत्रलाई आतङ्कित पार्ने कार्य रोकी निजलाई तत्काल रिहाइ गर्नुपर्छ । आगामी दिनमा यस्ता पूर्वाग्रहपूर्ण घटना नदोहोर्याउन सरकारलाई सचेत गराइन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण