आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीमा पठाउने नाममा ठगेको आरोपमा ३ जना पक्राउ

बुधबार, ०९ जेठ २०८१, १६ : ३७
बुधबार, ०९ जेठ २०८१

काठमाडौँ । वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेहरूमा कैलाली घर भएका ३६ वर्षीय विशाल हमाल, काठमाडौँ महानगरपालिका–७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित र सप्तरी घर भएका ४५ वर्षीय सैलेश कुमार झा छन् ।

विशालले अमेरिका पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख ७० हजार रुपैयाँ ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रशान्तले अष्ट्रेलिया पठाइदिन्छु भनेर एक जनाबाट ८ लाख र  सैलेशले युके पठाइदिन्छु भनेर १ जना पीडितबाट ५ लाख ४० हजार रुपैयाँ ठगेका हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरेको हो । उनीहरूलाई कानुनी कारबाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप