तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्नका लागि सहयोग गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राचीन कपिलवस्तुको राजधानी रहेको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्नका लागि सहयोग गर्न आग्रह गरेका छन् । २५६८ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मूल समारोहद्वारा बिहीबार लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहयोगका लागि आग्रह गरेका हुन् ।
सन् १९९६ देखि नै सम्भावित विश्व सम्पदा सूचीमा राख्न सरकारले संयुक्त राष्ट्रसँगको युनेस्को विश्व सम्पदा केन्द्रमा दर्ता गरिसकेको बताए । खासगरी बिमिस्टेकका महासचिव र भारतसँग सहयोगका लागि उनले आग्रह गरेका हुन् ।
‘सम्भावित विश्व सम्पदा सूचीमा सन् १९९६ देखि सूचीकृत प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न नेपाल सरकारबाट युनेस्को विश्व सम्पदा केन्द्रमा मनोनयन दर्ता गरिसकेको छ । यसको अन्तिम निर्णय विश्व सम्पदा केन्द्रको ४७ औँ महासभाले गर्नेछ । खासगरी सहयोगका लागि बिमिस्टेकका महासचिव र भारतका राजदूतलाई आग्रह गर्दछु’, प्रधानमन्त्री प्रचण्डले भने ।
उनले अघिल्लो महिना भएको तेस्रो लगानी सम्मेलनमा बृहत्तर लुम्बिनी विकासको योजना समावेश भई लगानीका लागि विश्व समुदायलाई आह्वान गरिएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण